Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कारभित्र मृत भेटिएका तीन बालक एउटै परिवारका, कारका मालिक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १९ २०७८
  • 6.2K
    SHARES

दाङ । दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालक एउटै परिवारका रहेको खुलेको छ । तीनै बालक तुलसीपुर उपमहानगरपालिका ६ बरूवा गाउँका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ निशान कार भित्र तीन बालकको शव भेटिएको थियो ।

कारका मालिक यादवप्रसाद गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।

कारभित्र मृत भेटिएकाहरु स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास र भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप रहेका छन् । सुवास र करण दाजुभाइका छोरा हुन् ।

शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। अभिभावकले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको भन्दै १७ गते प्रहरी कार्यालयमा खोजिविनका लागि निवेदन दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट आएको कुकुर सहित एक्सपट टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४