Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा पनि कोराना संक्रमणको गति तिव्र, एकैदिन ४ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 3.1K
    SHARES

विराटनगर । प्रदेश १ मा पनि कोराना संक्रमणको गति तिव्र भएको छ ।  संक्रमित भरिभराउ हुन थालेपछि अस्पतालले  बिरामी फर्काउन थालेका छन् । शनिबार साँझसम्म बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा बेड अभाव हुँदा साँझबाट संक्रमितलाई फर्काउन थालिएको छ । विराटनगरको नोबेल अस्पतालको कोभिड युनिटमा सबै बेड भरिएकाले साँझबाट अस्पतालले बिरामी लिन छाडेको छ ।  

कुल १ सय बेडको कोभिड युनिटमा ९९ जना संक्रमित भर्ना भएका छन् । ‘कोभिड युनिट  एकसय क्षमताको छ, त्यसमा एउटा बेड बिग्रिएको छ, बेड अभावमा अब थप बिरामी भर्ना लिन सक्ने अवस्था छैन’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, ‘शनिबार अपरान्हसम्म करिब आधा संख्याका बेड खाली रहेका थिए ।’ तर साँझसम्ममा भएका सबै बेड भरिएका छन् । अब आउने बिरामीलाई अन्यत्र पठाउनुको मात्र विकल्प बाँकी रहेको उनले बताए ।

प्रबन्धक दाहालका अनुसार शनिबार १ बजेसम्म अस्पतालमा जम्मा ४९ जना मात्र बिरामी रहेका थिए । त्यसपछि ३ घण्टाभित्र सबै बेड विरामीले भरिएका छन् । यता बढीगंगास्थित विराट मेडिकल कलेजको कोभिड युनिट पनि संक्रमितले भरिएका छन् । बेड नभएपछि बिरामीलाई अन्यत्र पठाउन थालिएको छ । अस्पतालका निर्देशक डा.डेनिस कार्कीले एक सय बेड क्षमताको कोभिड युनिट भरिएकाले नयाँ आउने बिरामी लिन नसकिएको बताए ।

‘अस्पतालको कोभिड युनिट सय बेड क्षमताको छ’ निर्देशक कार्कीले भने,‘ हामीसँग भएको सबै बेड भरिएका छन्।’ थप बिरामी लिन सक्ने अवस्था नभएकोले आउने बिरामीलाई अन्यत्र पठाउने गरेको उनले बताए । शनिबार बिहानसम्म प्रदेशका सरकारी तथा नीजि स्तरमा सञ्चालनमा रहेका कोभिड विशेष अस्पतालमा क्षमताभन्दा आधा कम बिरामी उपचाररत थिए । तर अपरान्हसम्म अधिकांश सरकारी र नीजि अस्पतालमा  संक्रमित थपिँदा अस्पतालका बेड भरिन पुगेको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् ।

‘प्रदेशमा पनि कोभिड संक्रमणको दर बढेसँगै समस्या थपिँदैछ’ मन्त्री राईले भनिन्, ‘शनिबारको अवस्थालाई हेर्दा अस्पताल भर्ना हुने बिरामीको संख्या अत्यासलाग्दो छ’ सकेसम्म बिरामीको हरसम्भव उपचारको व्यवस्थापन मिलाउने तयारीमा रहेको उनले बताइन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा संक्रमितका लागि ७६ बेड आईसीयू, ४७ भेन्टिलेटर, अक्सिजन चाहिने संक्रमितलाई राखिने ३३ एचडीयू  र जनरल गरी ३ सय ९५ बेडको व्यवस्था छ । 

शनिबार बिहानसम्म अस्पतालमा भर्ना भएका १ सय ६७ मध्ये ३६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा रहेका छन् । जसमा आईसीयूमा एक, भेन्टिलेटरमा ३ र अन्य बेडमा गरी ३६ संक्रमित उपचाररत थिए । शनिबार साँझ एक्कासि अस्पताल भर्ना हुने संक्रमितको दरमा बृद्धिसँगै उपचारमा नै समस्या देखिएको छ । अब थोरै संख्याका बिरामी भर्ना लिएर उपचार गर्न सकिने अवस्था मात्र बाँकी रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले बताए ।

प्रदेशमा विराटनगरको कोसी कोभिड १९ उपचार केन्द्र, धरानको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र बी एण्ड सी अस्पतालमा कोभिड विषेश अस्पताल सञ्चालनमा रहेका छन् । मन्त्रालयकाअनुसार प्रदेशभर हाल २ हजार १ सय ४१ जना होम आइसोलेसनमा छन् । संस्थागत, घर र अन्य खाले आइसोलेसनमा बस्नेको संख्या २ हजार १ सय ९७ पुगेको छ ।

४ जनाको मृत्यु 
आज प्रदेशमा चार जना संक्रमितको मृत्यु भएको छ । उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर कोभिड–१९ उपचार केन्द्र र विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४