Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लकडाउनको दोस्रो दिन : संक्रमितको संख्यामा नयाँ रेकर्ड, ५७२७ जना थपिँदा ३३ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १७ २०७८
  • 2.7K
    SHARES

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

यस्तै काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोरोना स्क्रमित थपिएका छन् ।

यस्तै सुर्खेतमा ९७ जना, झापामा ७७ जना, काभ्रेपलाञ्चोकमा ६९ जना, सुनसरीमा ५८ जना, धनुषामा ५२ जना र बर्दियामा ५० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै नवलपरासी पश्चिम र कञ्‍चनपुरमा ४६/४६ जना, रोल्पामा ४४ जना, बारा र पाल्पामा ४३/४३ जना, कैलालीमा ४१ जना, मकवानपुरमा ३८ जना, नवलपरासी पूर्वमा ३६ जना, सिन्धुपाल्चोक र अर्घाखाँचीमा २८/२८ जना, कपिलवस्तुमा २७ जना, गोरखामा २० जना, सर्लाहीमा १९ जना, दैलेखमा १७ जना, रौतहट र बैतडीमा १६/१६ जना, रामेछाप, गुल्मी र अछाममा १४/१४ जना, कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी सिरहा, धादिङ, नुवाकोट र डडेलधुरामा १३/१३ जना, दोलखा ११ जना, प्युठान र सल्यानमा १०/१० जना, महोत्तरीमा ९ जना, कास्कीमा ८ जना, ओखलढुंगा, भोजपुर, सिन्धुली र स्याङ्जामा ६/६ जना, तनहुँ र रूकुम पश्‍चिममा ५/५ जना, इलाम र खोटाङ र सप्तरी ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै उदयपुर र बाजुरामा ३/३ जना, लमजुङ, बागलुङ, रूकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोटी र दार्चुलामा २/२ जना र ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, पर्वत म्‍याग्दी र कालिकोट मा १/१ जना कोरोना संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४