Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘किङ्गमेकर’ जसपा अनिर्णीत, एक खेमा ओली निकट बन्दा हच्कियो कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3K
    SHARES

काठमाडौं । नयाँ सत्ता समीकरणको विषय टुङ्ग्याउन बसेको जनता समाजवादी पार्टीका नेताहरूको बैठक विनानिष्कर्ष टुङ्गिएको छ ।

‘किङ्गमेकरको भूमिकामा रहेको जसपा अनिर्णीत बन्दा राजनीतिको गाँठो फुकेको छैन । जसपाको मागमा प्रधानमन्त्री ओली सकारात्मक बनेसँगै उहाँको रक्षाकवच बन्न जसपाको एउटा खेमा तयार छ । यही बुझेर अविश्वास प्रस्ताव ल्याउन प्रयासरत नेपाली कांग्रेस हच्किएको छ ।

जसपाले उठाएका २६ मुद्दामध्ये १० वटा फिर्ता भइसकेको र ९ वटा फिर्ता प्रक्रियामा रहेको छ । संविधान संशोधनका लागि कार्यदल निर्माण गर्ने र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने वाचा जसपाले प्रधानमन्त्री ओलीबाट पाएको छ ।

सांसद रेशम चौधरी लगायत थुनामा रहेका अन्य नेता तथा कार्यकर्ताको रिहाइले गति लिएसँगै जसपा नेताहरू वर्तमान सरकारसँग सकारात्मक भएका छन् । कार्यदल बनाएर सरकारी टोलीसँग भएको चरणबद्ध वार्तासँगै प्रधानमन्त्रीसँग शीर्ष नेतृत्वको एकल तथा सामूहिक छलफलले जसपाको मुद्दा सम्बोधनको बाटो खुलेको हो ।

जसपाभित्र सरकार समीकरणको विषयमा ध्रुवीकरण भने छ । उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईको खेमा जुनसुकै मूल्य चुकाएर भए पनि ओलीसँग सहकार्य नगर्ने अडानमा छन् । विशेषगरी ४ वटा माग सम्बोधन गराउन कम्मर कसेको महन्थ ठाकुर, राजेन्द्र महतो लगायतको समूह भने सरकारमा जाने बताउँछ ।

ओलीको सत्ता जोगाइदिने ल्याकत जनता समाजवादी पार्टीले राख्छ । उसका १७ जना सांसद्ले साथ दिए वर्तमान समीरकणमा ओलीको कुर्सी सुरक्षित छ । यस्तै, अन्य ४ सांसद्ले साथ दिए १३ जना जसपाका सांसद्ले ओलीलाई साथ दिए पनि पुग्छ । अहिलेको अवस्थामा नयाँ समीकरण कहिले बन्छ भन्ने जिज्ञासा बढेको देखिन्छ ।

बहालवाला २ सय ६६ सांसद्मध्ये १ सय ३६ सांसदले साथ दिए ओलीको पद जोगिन्छ । माओवादी र कांग्रेस मिले पनि अविश्वास प्रस्ताव पास गराउन २७ सांसद् आवश्यक पर्छ । अविश्वासको प्रस्तावमा कांग्रेस अहिले हच्किएको कारण यहीँ हो ।

आफ्ना मुद्दामा ठोस परिणाम आउने गरि अगाडि बढेको जसपाले यतिबेला पदको लोभी भन्ने ट्यागलाई केही हदसम्म मेटाउन सफल भएको छ । एजेन्डामा उधारो सहमति नगर्ने अडानले पार्टीलाई राजनीतिक लाभ मिलेको छ । एमालेभित्र दुर्घटना नभए जसपा सरकारमा गएको हेर्न धेरै समय लाग्दैन । जुन् कांग्रेस र माओवादीले बुझेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४