Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा अक्सिजन नपाएर धमाधम ज्यान गुमाउनु दुखदः डब्ल्युएचओ !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 2.1K
    SHARES

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस एडहनम गिब्रिएसुसले भारतमा फैलिएको कोरोना महामारीको विषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।

विश्वका थुप्रै राष्ट्रहरुमा एकैसाथ फैलिएको कोरोनाको फरक फरक चरणकाबीच भारतमा कोरोना महामारीले विकराल रुप लिएको भन्दै भारतका लागि डब्ल्युएचओले अक्सिजन र मोबाइल फिल्ड अस्पतालहरु आपूर्ति गर्ने जनाउनुभयो ।

गिब्रिएसुसले भारतका जनताले अक्सिजन अभावका कारण धमाधम ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै डब्ल्युएचओले भारतका लागि स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

भारतमा पछिल्लो ६ साता कोरोना महामारी बढ्दै जाँदा संक्रमण र मृत्यु दर ह्वातै बढेपछि डब्ल्युएचओले चासो व्यक्त गरेको हो ।

यसैबीच फेसबुकका संस्थापक मार्क जुकरबर्गले कोरोना महामारी फैलिएका राष्ट्रहरुका लागि १ करोड डलर सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

जुकरबर्गले भारतमा फैलिएको कोरोना महामारीप्रति चिन्ता व्यक्त गर्दै युनिसेफसँग मिलेर भारतलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

भारतमा कोरोनाका कारण हालसम्म १ लाख ९७ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४