राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष सोनु कुमार रोका रामेछापमा आज सम्पन एमालेको जिल्ला बैठक तथा सपथ ग्रहण कार्यक्रमबाट ९ औ जिल्ला अधिवेशन कमिटीमा चयन भएका हुन । उनी पहिला देखिनै एमालेको के.पि गुठमा खुलेका एक युवा हुन,रामेछापमा सोनु कुमार रोका भने पछि कमै मात्रैले नचिनेका होलान ।
रोका एक महिना अगाडि मात्रै राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य समेत मनोनीत भएका थिए । सानै उमेरमा उनी सामाजिक र राजनीतिक जिवनमा हुमिएका प्रखर व्यक्ती हुन । नेकपा एमालेमा उनी अनावरत ०६४ सालको निर्वाचन देखि लागिरहेका छ्न । रोकाले सालमा जिल्लामा खेलकुद क्षेत्रमा ठूलो धनराशिको फुटबल तथा रामेछाप जिल्लाकै ऎतिहासिक रामेछाप महोत्सव प्रथम तथा दोस्रो उनैको नेतृत्वमा सफल समेत परेका थिए । आम रामेछापेलीको मन जित्न सफल रोका सानै उमेरमा फड्को मार्ने नेतामा चिनिन्छन ।
रोका अलि कडा स्वभाव छन तर सहिलाई सहि र गलतलाई गलत भन्न सक्ने र कुनै नेताको गुलामी चाकडी नगर्ने नेतामा पर्छन । उनी कलाकारिता क्षेत्रमा रहेका कारण अबको केही समयमा नेपाली फिल्म तथा म्युजिक भिडियोको तयारीमा समेत रहेका छन । उनका दाम्पती,राजनीति जिवनमा उनलाई घर परिवारबाट पनि समर्थन रहेको छ ।
भने अहिले सस्कार एण्ड सस्कृती कन्स्ट्रक्सन नामको कम्पनी दर्ता गरेर आर्थिक रुपमा समेत अगाडी बढ्दैछ्न । उनिले पोष्टमा समेत भनेका छ्न अरुको काम मगेर हैन आफ्नो काममा रमाउने रहर रहेको छ उनि लेख्छ्न ।