Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाश सपुतको नयाँ गीत : मेरो पनि होइन र यो देश ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 6K
    SHARES

लोकगायक प्रकाश सपुत फरक गीतका कारण चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश ?’ अहिले चर्चामा छ ।

राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो गीतले समाचार तयार पार्दासम्म युट्युबमा ९ लाखभन्दा बढी भ्युज पाउँदै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

देशप्रतिको गौरव र गुनासो दुबै प्रस्तुत गरिएको गीतमा सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने मागसमेत मर्मस्पर्शीरूपमा गरिएको छ । गीतले छिट्टै चर्चा पाउनुको कारण पनि यही विषयवस्तु समेटिएकाले हो ।

छोटो समयमै गीतले चर्चा पाउँदा गायक सपुत पनि दङ्ग छन् । गीतको सफलता उनले आफूले गरेको मिहिनेतसँग जोड्छन् ।

​‘हामी कलाकार विभिन्न सिजन, जस्तै– तीज, दसैँ, तिहारलगायतका हरेक पक्षमा विभिन्न विषयका गीतहरु बनाउने गर्छौं,’ सपुतले भने, ‘यो समय राष्ट्रियता झल्काउने कुनै एक गीत गरौँ न भन्ने सोचले यो गीत जन्मिएको हो ।’

स्वर र सङ्गीतले भन्दा पनि गीत शब्दका कारणले सबैको रुचिमा पर्न सफल भएको हो । गीतमा समेटिएको देशप्रतिको गौरव र गुनासोका विभिन्न विषयवस्तुले दर्शकका मन छोएका छन् ।

गीतको शब्द पनि प्रकाश आफैंले लेखेका हुन् । गीतका लागि उनले केही पहिले नै एक लाइन बनाएका थिए । त्यो अहिले पूरा गरेका हुन् ।  गीत पूरा गर्न आफूलाई निकै कठिन परेको उनले सुनाए ।

‘हिमाल, पहाड, तराई विभिन्न भेगका मानिसको आ–आफ्नै वेदना छ,’ सपुतले गीतका विषयमा भने, ‘सबैको वेदना, पीडा गीतमा राख्नुपर्ने भएकाले शब्द चयनका लागि निकै गाह्रो भयो । तर, शब्दहरु देशका सबैको प्रतिनिधित्व होस् भनेर छाने ।’

‘कुन समय कस्तो सिर्जना ल्याउने, अडियन्सको मुड कस्तो छ भनेर म ख्याल गर्छु,’ सपुतले भने ‘अहिलेको परिस्थितिमा यो गीत ठीक भनेर बनाएको हो ।’

गीतको शब्द लेखन र कम्पोज पनि आफैंले गरेकाले सार्वजनिक गर्नका लागि उयुक्त समय भएको उनले सुनाए ।

यो नयाँ गीत उनले चर्चाका लागि भन्दा पनि सामाजिक उत्तरदायित्व पूरा गर्न ल्याएका हुन् । तर, सार्वजनिक भएदेखि नै गीतले प्रतिक्रिया राम्रो पाएर व्यवसायिकरूपमा पनि अगाडि बढ्न सफल भयो ।

‘सबैको आवाज गीतमार्फत सम्बोधन होस्, फेरि पनि यस्तो आवाज सुन्न र निकाल्न नपरोस् भन्ने हिसाबले गीत तयार गरिएको थियो,’ उनले अगाडि थपे, ‘चर्चा त भयो । त्योभन्दा पनि मेरो आशा अर्काेचोटि यस्ता अवाज समेटेर गीत बनाउन नपरे हुन्थ्यो भन्ने छ ।’

​हुन त गीत चल्दा एक किसिमले गायक गायिकालाई खुसी दिन्छ । अर्काे किसिमले हेर्ने हो भने चुनौती पनि थपिने गर्छ । सपुतलाई पनि यो गीतले चुनौती त पक्कै थप्यो होला ?

‘गीत चल्यो । अब योभन्दा राम्रो गीत प्रकाशले दिनुपर्ने चुनौती थपियो भनेर सबैले सोच्नुहुन्छ होला,’ प्रश्नको जवाफमा सपुतले भने, ‘म यसमा चुनौती महशुस गर्दिनँ । किनभने, हरेक विषय चर्चित हुन्छन् । त्यो चर्चाले चुनौती थपिन्छ भन्ने म लिन्नँ । किनभने मेरो हरेक गीतको आआफ्नै शैली र भ्यालु रहेका छन् र दर्शक पनि फरक फरक छन् ।’

उनी थप्छन्, ‘राष्ट्रिय भावनाले बनाएको गीत सबैले रुचाउनुभयो, मेरा लागि यही नै ठूलो कुरो हो ।’

गीतको भिडियो समेत आकर्षक छ । यसमा हिमाल, पहाड, तराईलगायत देशको सबै स्थानका सांस्कृतिक पहिचान झल्कने सङ्गीत र नृत्यको मिश्रण पनि गरिएको छ ।

प्रकाशकै स्वर, शब्दका साथै सङ्गीतसमेत उनकै रहेको गीतमा केही कलाकारको समूह गायन छ । गीतको भिडियोसमेत आफंैले निर्देशन गरेका प्रकाशले भिडियोमा नयाँ पुराना सबैखालका कलाकार समेटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४