काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।आज नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २२ अंकमा झरेको हो । आज सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घटेको छ ।
आज १ करोड ४६ लाख ९० जहार ७२० कित्ता सेयर किनबेच भएको छ, भने कारोबार रकम ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँ पुगेको छ ।