Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आखिर हुने नै भयो लक-डाउन यस्तो आयो पछिल्लो अपडेट !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 6.4K
    SHARES

लकडाउनबारे यस्तो आयो पछिल्लो अपडेट-काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बढ्दै गएको कोरोना संक्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका सीसीएमसीका संयोजका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले कोरोना संक्रमणको अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए। ‘प्रधानमन्त्री ज्यूले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ। संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ भन्नुभयो।

तर, तत्काले लकडाउन गरिहाल्ने अवस्था छैन,’ शनिबारको ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले भने। यस्तै, प्रधानमन्त्री ओलीले पछिल्लोपटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्।

‘सरकारले गरेकाे निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाएको छ र बढी भिडभाड भइरहेको छ भनेर गुनासो गर्नुभयो। यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन उहाँले निर्देशन दिनुभयो,’ सचिव बरालले भने। नेपालमा पछिल्लाे समय दैनिक दुई हजार बढीको दरमा काेराेना संक्रमित थपिन थालेका छन्।

शनिबार मात्रै २ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमण फैलिने क्रम बढेपछि काठमाडाैं तथा ठूला सहरका विद्यालय बन्द गरिएकाे छ भने रात्रीकालीन व्यवसायलाई पनि राति ८ बजेपछि सञ्चालनकाे अनुमति दिइएकाे छैन। यस्तै, सरकारले सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमताभन्दा बढी यात्रु नराख्न भनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४