Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अख्तियारलाई नै चुनौती, १४ करोड भुक्तानीसमेत दिएर सेक्युरिटी प्रेसको ठेक्का !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । विवादमा परेको एउटा कम्पनीलाई सरकारले सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विवादमा तानिएको म्याक्स इन्टरनेसन कम्पनीलाई उक्त ठेक्का दिएको हो ।

ठेक्का बोल कवोलमा दोस्रो नम्बरमा रहेको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिने आशयको सूचना केन्द्रले निकालेपछि बोल कबोलमा पहिलो नम्बरमा रहेको एलिमेक इन्टरनेसनल कम्पनी जिल्लिएको छ । उक्त कम्पनीलाई ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भए पनि सुरक्षण मुद्रण केन्द्रले अख्तियारलाई समेत बेवास्ता गर्दै म्याक्स इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । गएको चैत २७ गते अख्तियारले उक्त ठेक्काको फाइल तानेर लगेकै दिन केन्द्रका प्रमुख विकल पौडेल र कम्पनीका मालिक अली अख्तरबीच ठेक्का सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

केन्द्रले अख्तियारले फाइल लगेको तेस्रो दिन म्याक्स इन्टरनेसनको नाममा १४ करोड भुक्तानीसमेत दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएको छ । म्याक्स इन्टरनेसनलले अनलाइन बिडिड गर्दा ८१ करोड मूल्य उल्लेख गरेको भए पनि संझौता गर्दा भने ७३ करोड ८८ लाख ९८ हजार ७ सय ४० रुपियाँमा सम्झौता गरेको पाइएको छ । म्याक्स इन्टरनेसनले चीनमा बनेको एचपी कम्पनीको मेसिन खरिद गरेर उपलब्ध गराउने उल्लेख गरेको थियो एलिमेक इन्टरनेसनल कम्पनीले इटालीमा बनेको डट्स कम्पनीको मेसिन उपलब्ध गराउने उल्लेख गरेको थियो ।

एलिमेक इन्टरनेसनल कम्पनीले ६७ करोडमा उक्त मेसिन खरिद गरेर जडान गरेर सञ्चालनमा ल्याएर केन्द्रलाई हस्तान्तरण गर्ने उल्लेख गरेको थियो । सरकारले सम्झौता गरेको म्याक्स इन्टरनेसनल कम्पनीले मेसिन खरिद गरेर नेपाल ल्याएपछि सबै भुक्तानी गर्ने गरी संझौता गरेकाले उक्त प्रेस सञ्चालनमा आउने सम्भावना निकै कम रहेको विज्ञहरुले बताएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४