Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेहेनत गरे नेपालकै माटोमा सुन फल्ने सन्देश दिए रामेछापका युवाहरुले


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 4.3K
    SHARES

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खामा चार जना युवा मिलेर संयुक्त टमाटर खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका र रोजगारीका लागि भौँतारिरहेका युवाहरु मिलेर संयुक्त टमाटर खेती सुरु गरेका हुन् ।

रामेछापको खाँडादेवि गाउँपालिका वडा नं. ३ सित्खाका रमेश लामा धेरै पैसा कमाउने सपना बोकेर कतार पुगे तर त्यहाँ भने जस्तो कमाई नभएपछि गाउँमै आएर केही गर्ने सोच बनाएर घर फर्किए । यता अक्ष कुमार खत्री पैसा कमाउनकै लागि विदेश जाने चक्करमा थिए ।

रमेश लामा कतारबाट घर फर्किएपछि अक्ष कुमारको विदेश जाने सोच बदलियो र चारजना युवाहरु मिलेर ‘मिलीजुली कृषि तथा पशुपञ्छी फार्म’ दर्ता गरि संयुक्त टमाटर खेती सुरु गरे । ३५ रोपनी जग्गा १५ वर्षको लागि भाडामा लिएर टमाटर खेती सुरु गरेका युवाहरुले पहिलो चरणमै १६ लाख रुपैयाँ र दोस्रो चरणमा २० लाख गरी ३६ लाख आम्दानी गर्न सफल भएका छन ।

स्थानीय सहकारीबाट २० लाख रुपैयाँ ऋण लिएर ३२ लाख रुपैयाँको लगानीमा सुरु गरिएको टमाटर खेतीले पहिलो र दोस्रो चरणमै राम्रो आम्दानी गर्दै ऋण चुक्ता गरेपछि युवाहरु उत्साहित भएका छन् ।

विना विषादी,गाई वस्तुको मल प्रयोग गरेर उत्पादन गरिएकाले टमाटर टिपेपछि पनि लामो समयसम्म नकुहिने भएकाले बजारको माग समेत बढेको छ ।

विदेशमा गर्ने दुःख आफ्नै गाउँमा गर्ने हो भने विदेशको जतिनै कमाई गर्न सकिने युवाहरुको भनाइ छ । सरकारले कृषि क्षेत्रमा गरेको लगानी दुरुपयोग भइरहेको भन्दै, सरकारले अनुदान भन्दा आपूmहरुलाई ऋण दिए पुग्ने उनीहरु बताउछन् ।

अहिले ८ जनालाई रोजगारी दिइरहेको टमाटर खेतीलाई नमूना फार्मको रुपमा विस्तार गरि ३० जना सम्मलाई रोजगारी दिने लक्ष्य रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४