Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूकम्पमा भत्केको ६ वर्षपछि ठडियो ‘आधुनिक धरहरा’, आज उद्घाटन गरिँदै !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 2.8K
    SHARES

काठमाडाैं । धरहराको आधुनिक प्रविधिमार्फत नवनिर्माण सम्पन्न भएसँगै आज औपचारिक उद्घाटन गरिँदै छ । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहराको आधुनिक शैली पुनर्निर्माण/नवनिर्माण गरिएको हो ।

शनिबार लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे धरहरा उदघाटन गर्न लाग्नुभएको हो । यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतारहतार बाहिरबाट देखिनेगरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण्, सजावट, भूकम्प सङ्ग्रहालय निर्माण लगायत काम बाँकी नै छन् । साथै लिफ्ट प्रविधि समेत राखिएकाेले यसकाे काम पनि सम्पन्न बाँकी छ, धरहरामा जडान गरिने दुईवटा लिफ्टमध्ये एउटा तयार भइसकेको र अर्काे जडानको क्रममा रहेको जनाइएकाे छ ।

कोरोनाको जोखिमका कारण र निर्माण पूरै नसकिएका कारण सीमित व्यक्तिमाझ उद्घाटन गरिन लागेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार उदघाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा सबैको अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी गरिएकाे बताउनुभयाे । भाेलि वैशाख १२ गते गाेरखा भूकम्पकाे स्मृति दिवस पनि हाे । त्यसकाे अघिल्लाे दिन धरहराकाे उद्घाटन हुँदै छ ।

याे धरहरा पुरानाे भन्दा फरक किसिमले बनाइएकाे भए पनि बाहिरबाट हेर्दा पुरानैजस्ताे देखिन्छ । पहिलाकाे धरहराभित्र खालि सिँढी मात्र थिए भने अहिले भित्र संग्रहालय लगायत संरचना रहने बताइएकाे छ । यसमा माथि चढ्नका लागि सिँढीका साथै लिफ्ट प्रविधि छ, भित्र पुस्तकालय समेत रहनेछ । बाहिरबाट हेर्दा ११ तला देखिए पनि भित्र २२ तला र अन्डरग्राउन्ड समेत गरी कुल २५ तल्लाको धरहरा निर्माण भएको हो ।

शनिबार उद्घाटन गरिए पनि धरहरा सर्वसाधारणका लागि भने तत्काल खुल्ने छैन । सबै निर्माण कार्य सम्पन्न भएपछि मात्र खुला गरिनेछ ।

प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शिलान्यास गर्नुभएको थियो । करिब ३ अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको हाे । यसमा अधिकांश चन्दा र सहयाेग रकमबाटै निर्माण गरिएकाे हाे । नेपाल टेलिकमकाे १ अर्ब सहयाेग र अन्य नागरिक, कर्मचारी, प्रधामन्त्री, मन्त्री लगायतकाे चन्दाबापतकाे सहयाेगबाट नेपाल सरकारले स्ववदेशी लगानीमै धरहरा निर्माण सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४