Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी कम्पनीले बनायो युरी गागरिनदेखि निल आर्मस्ट्रङ्गका नामबाट महंगा आइफोन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 4.3K
    SHARES

काठमडौँ । रुसी लक्जरी ब्राण्ड काभियरले एलन मस्कदेखि निल आर्मस्टंग सम्मका चर्चित व्यक्तिहरुको थिममा आधारित आइफोन उत्पादन गरेको छ । काभियरले एलन मस्क, जेफ बेजोस, युरी गागरिन र निल आर्मस्ट्रंगको थिममा आधारित आइफोन १२ र आइफोन १२ प्रो म्याक्सको सिमित संस्करण बजारमा ल्याएको हो ।

पहिलो अन्तरीक्षयात्री युरी गागरिन अन्तरीक्षमा पुगेको ६० वर्ष पुगेको अवसरमा कम्पनीले ती लक्जरी आइफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले यी कस्टमाइज्ड आइफोनलाई स्पेस कन्क्वेरर्स अर्थात् अन्तरीक्ष विजेता आइफोन संस्करणको नाम दिएको छ ।

स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले पृथ्वी बाहेकका ग्रहहरुमा समेत बसोबास गराई मानव जिवनलाई बहुग्रहयुक्त बनाउने विषयमा लामो समयदेखि पैरवी गर्दै आएका छन् । उनको कम्पनी स्पेस एक्स यहीँ विषयमा कार्यरत छ । त्यस्तै जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले अन्तरीक्षमा आफ्नै इन्टरनेट स्याटेलाइट स्थापित गर्ने योजना बनाएको छ ।

अन्तरीक्षमा पुग्ने पहिलो मानवको रुपमा रहेका युरी गागरिनको नामबाट बनाइएको आइफोन १२ प्रो म्याक्स गागरिनमा टाइटानियम र कम्पोजिट पथ्थरको प्रयोग गरिएको छ ।

फोनको पछाडिको हिस्सामा युरी गागरिनलाई अन्तरीक्षमा पूराउने भोस्तोक १ अन्तरीक्षयानको टुक्रा समेत राखिएको छ । त्यस्तै रुसी अन्तरीक्षयात्रीले लगाउने गरेको नेभिगेटर घडी पनि फोनको पछाडिको भागमा राखिएको छ । आइफोन १२ प्रो म्याक्सको युरी गागरिन संस्करणका केवल १२ थानमात्रै आइफोन उत्पादन गरिनेछ र यसको मूल्य ८९२० अमेरिकी डलर हुनेछ ।

त्यस्तै स्पुतनिक नामक अन्तरीक्षयनको विकास गर्ने सर्गेइ कोरोलेभ, जसलाई व्यवहारिक अन्तरीक्ष विज्ञानका पिता पनि भनिन्छ, को नाममा समेत आइफोन १२ प्रो म्याक्सको लक्जरी फोन बनाइएको छ । स्मरण रहोस् स्पुतनिक १ मा लाइका नामक कुकुरालई राखेर अन्तरीक्षमा पठाइएको थियो । उक्त संस्करण केवल ९९ थान उत्पादन गरिनेछ र त्यसको सुरुवाती मूल्य ६७६० अमेरिकी डलर तोकिएको छ ।

चन्द्रमामा पहिलो पाइला टेक्ने निल आर्मस्ट्रंगको नाममा तयार भएको आइफोन संस्करणको जम्मा ११ थान उत्पादन हुनेछ र यसको मूल्य ६४५० डलर हुनेछ ।

त्यस्तै टेस्ला तथा स्पेस एक्सका सिइओ एलन मस्कको नाममा तयार पारिएको आइफोन १२ प्रो म्याक्स मस्कको जम्मा १९ थान तयार हुनेछ र त्यसको मूल्य ६६१० डलर हुनेछ ।

त्यस्तै आइफोन १२ प्रो म्याक्सको जेफ बेजोस मोडेलको मूल्य ५८४० डलर रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४