Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेमा नेपाल पक्ष र महिला नराखी स्थायी समिति पुनर्गठन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 2.4K
    SHARES

काठमाडौं,। एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति पुनर्गठन गर्दै १९ सदस्यीय स्थायी कमिटी बनाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले खनाल-नेपाल पक्षका कुनै पनि नेतालाई समावेश नगरी स्थायी समिति घोषणा गर्नुभएको हो ।समितिमा बामदेव गौतम र माओवादीबाट एमालेमा आएका रामबहादुर थापासहित ४ जनालाई भने समेटिएको छ ।बैठकले कर्णाली प्रदेशमा संसदीय दलको ह्वीप उल्लंघन गरी माओवादी नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार जना प्रदेश सांसदलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेको छ ।

यसरी बर्खास्त हुनेहरुमा प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दबहादुर बुढा हुनुहुन्छ ।ह्वीप उल्लंघन गर्ने देवी ओलीलाई भने दोहो¥याएर स्पष्टिकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ ।यस्तै, बैठकले पार्टीका केन्द्रीय सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनमा कार्यविभाजनसहित जम्मेवारी दिएको छ ।

यस्तै पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएका खनाल-नेपाल पक्षका संघीय संसदका २७ जना सांसदको स्पष्टिकरणको अध्ययन गरी निर्णय गर्ने अधिकार पनि स्थायी समितिलाई दिइएको छ ।यस्तै बैठकले आगामी जेठ ६ गते हुने राष्ट्रिसभा निर्वाचनमा एमालेको तर्फबाट रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय समेत गरेको छ ।बैठकले दिनानु दिन बढ्दै गएको कोभिड संक्रमणलाई रोक्न सरकारलाई थप प्रभावकारी कदम चाल्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४