Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुस्योः दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताउनुभएको छ ।

लेनिन दिवसको अवसरमा हिजो पार्टी कार्यालय पेसिरडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताउनु भएको हो ।

कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको उहाँको आरोप थियो ।

कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको भन्दै अध्यक्ष दाहालले अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि बताउनुभयो ।

तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले अझैपनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोडन नहुने बताउनुभयो ।

उहाँले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकतावद्ध बनाउन पनि आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४