७२ औ कम्युनिस्ट पार्टीको स्थापना दिवसको शुभकामना
हार्दिक अभिवादन ✊नमस्कार,
म एक ईमानदार,बफादार एक युवा नेपाल कम्युनिस्ट पार्टी एमालेको कार्याकर्ता,भन्नै पर्दा जन्मजातै एमाले हु,कम्युनिस्ट पार्टीका सस्थापक महासचिव रामेछापका पुष्पलाल हुनुमा नै हामिलाई गर्व छ, हामी ढ्क्क छाती फुलाएर भन्न सक्छौ,हामी सच्चा कम्युनिस्ट हौ । पछिल्लो समय राजनीति घटनाक्रम हरु धेरै परिवर्तन भयो तर पनि संतोषजनक नै थियौ,विगत केही वर्ष यता सङ्घियताको अवधारणामा देश अगाडि बढिरहेको बेला सबै जनताले नियालेर हेरिरहेका छन। पार्टी एकता,पार्टी टुट फुट, पार्टी समान्नतर कमिटी, सगसगै नातावाद,कृपावाद,चाकडिवाद,गुलामी,हुक्के,चिमिले,टिके , गोजिवाला,धनवाद,डनवाद को हावी भएको स्प्रस्ट देखिन्छ कहाँ भयो मुल्यांकन विचार,सिद्धान्त,काम र कर्तव्य को ? म पनि मेरो वयस्क बेलाको उर्वर शक्ति पार्टीमा वेतित गरेको एक सिपाही हु । मलाई कुनै पदको मोह छैन तर सबैको उचित मुल्यांकन होस भन्ने स्वच्छ भवना र चाहना छ ।
पार्टीका पुर्व प्रधानमन्त्री क.माधव कुमार नेपाल र पार्टीका वर्तमान अध्यक्ष तथा देशका सम्माननिय प्रधानमन्त्री के.पि शर्म ओलि ज्युको हिजो भएको भेटवार्ता ले कार्यकर्ता मा थप हर्ष उल्लास छाएको छ आजैको दिनमा केही राम्रो सन्देश आओस् शुभकामना भन्न चाहन्छु । झन्डै दुई तिहाई को नजिक रहेको नेकपा एमाले पार्टी आज जनता माझ अझै लोकप्रियता बढाउदै जानू पर्दछ,पार्टीका कुनै जनप्रतिनिधि एक सच्चा कम्युनिस्ट भएर जनता माझ अघि बढुन तर कमाउनिष्ट भएर हैन । हामी सहि र सत्यको बाटोमा छौ सदैव के.पि ओलि बा कै नेतृत्वमा एकढिक्का छौ पार्टीको सस्थापन र मुलधार उहाँ नै हो भन्ने कुरा सबैको बेलेमा चेतना होस । सुखी नेपाली समृद्ध नेपाल हामी उहाँ कै पालामा देख्ने अठोट पनि राख्दछौ ।
अन्तमा विगतका नराम्रा काम हुरुलाई राम्रो नयाँ ढङ्गले अगाडि बढाउने चेष्टा सबैमा आओस,पार्टीमा विभिन्न जनवर्गीय संगठनमा कामको आधारमा मुल्यांकन होस एक व्याक्ती एक पद निर्धारण होस । अब पार्टीले एक घर एक एमाले बनाउने लहर ल्याओस । ७२ औ स्थापना दिवसले पार्टी तथा सम्पुर्ण कार्याकर्तामा जोस,जगर र उल्लास छाओस सम्पुर्णमा कम्युनिस्ट पार्टी स्थापना दिवसको शुभकामना ✊