काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज सम्पन्न नेदरल्यान्ड्स र मलेसियाबिचको खेल टाई भएको छ।
आजको म्याचपश्चात् नेपाल स्वत: फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिकुल मौसमका कारण ढिला गरि सुरु गरिएको खेलमा नेदरल्याण्ड्सले निर्धारित १३ ओभरमा १०७ रन बनाएको थियो।
टस हारेर पहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले बेन कुपरको ५४ रन र कप्तान पिटरले ३७ रनको योगदान दिए।
मलेसियाका लागि महमद वाफिकले दुई तथा प्रवान्दिप सिंहले एक विकेट लिए।
बर्षाका कारण डीएल मेथडबाट १० ओभरमा ९२ रनको लक्ष्य पाएको मलेसिया निर्धारित १० ओभरमा ९१ रनमै समेटिँदा म्याच ‘टाइ’ हुन पुग्यो र दुबै टोलीले १/१ अंक बाँडे।
यो सँगै शीर्षस्थानमा रहेको नेदरल्याण्ड्समको ५ अंक छ भने दोस्रो स्थानमा रहेको नेपालको ४ अंक छ।
त्यस्तै पुछारमा रहेको मलेसियाको १ अंक छ।
आजको खेलमा अंकबाँडेसँगै मलेसिया प्रतियोगिताको होडबाट बाहिरिएको छ भने नेदरल्याण्ड्स र नेपालले फाइनलमा स्थान सुरक्षित गरेका छन्।
यद्दपि भोलि नेपाल र मलेसिया भिड्दैछन् । उक्त खेलमा नेपालले जित निकालेमा शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गर्नेछभने मलेसियाले जितेमा सान्त्वना हुनेछ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने छ।