Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

याैन सम्पर्कपछि गर्नै नहुने सात काम !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 3.6K
    SHARES

यौन मानव जीवनको अनिवार्य र प्राकृतिक कुरा हो। यसमा एकअर्काप्रति प्रेम, समर्पण र सन्तुष्टिको महत्व सबैभन्दा बढी हुन्छ। यौन सम्पर्क गरिरहेका बेला एक अर्कालाई भरपूर सन्तुष्टि दिन महिला अथवा पुरुष दुवैले धेरै मेहनत गरिरहेका हुन सक्छन्।

यौन सम्पर्कका दौरान अपनाइको तरीकाले सन्तुष्टि पनि देला। तर, यौन सम्पर्क गरेलगत्तै तपाईंको पार्टनर पढ्न बस्नुभयो भने तपाईंलाई कस्तो महसुस होला ? सहवासपछि गरिने यस्तै गल्तीहरु, जुन तपाईंले गल्ती गरेको महसुस नगरे पनि यसले तपाईंको पूरै यौन जीवनलाई नै नकारात्मक प्रभाव पार्न सक्छ।

सुति हाल्नु :– धेरैजसो जोडीहरु यी समस्याहरुबाट ग्रसित छन्। सेक्सपछि धेरै जोडीहरुको पार्टनर निदाइहाल्ने बानी हुन्छ, जसले गर्दा यौन सम्बन्धको मुड नै खराब हुन्छ। सुतिहाल्ने बानीले गर्दा यौनका क्रममा अपनाइएका तरीकालाई तपाईंले एक अर्कासँग साट्न पाउनु हुन्न। सहवासपछिको मुडलाई बुझ्न सक्नु हुनेछैन।

सरसफाइमा लाग्नु :– यौन सम्पर्क गनुपूर्व सँगै नुहाउनु निकै लाभदायक मानिन्छ। तर, सहवासपछि हतार गरेर वासरुमतिर लाग्नु गलत हुन्छ। सहवास गरिरहेका बेला जोडीहरु केही खराब भएको पनि मतलब गर्दैनन्। तर, सकिनेबित्तिकै त्यो सफा गर्नका लागि वासरुमतिर गइहाल्छन्, यो एक तरिकाले ठिकै हो। तर, तपाईंको पार्टनर त्यसपछि पनि सेक्स मुडमा नै हुनसक्ने भएर त्यसलाई लम्ब्याउने चाहना हुनसक्छ। सफा गर्नका लागि हतार गर्दा तपाईंको पार्टनरमा यौन सम्पर्कका दौरान केही नराम्रो घटना भयो कि भन्ने सोच आउन सक्ने भएका कारण पार्टनरको यौन सम्बन्धको मुड खराब हुनसक्छ।

साथीलाई फोन गर्नु :– धेरैजसो जोडीहरुले गर्ने यो अर्को साधारण गल्ती हो। यो साँचो हो कि सहवासका बेला कोही पनि आफ्नो फोन उठाउन र कामको कुरा गर्न इच्छुक रहँदैनन्। त्यसकारण यस्तो गफका लागि किन बिहानसम्म नकुर्ने त ? यौन सम्बन्धलाई अनुभव गर्ने बेलामा आफ्नो कान र आँखालाई मोबाइलमा केन्द्रित गर्ने हो भने तपाईंको पार्टनरले तपाईं यसमा इच्छुक हुनुहुन्न भन्ने सोच्नुहुनेछ, जसले यौन सम्पर्कको मुड खराब गर्नसक्छ।

काम वा पढाइमा लाग्नु :– यौन सम्बन्धका दौरानमा जोडीले के सोचिरहेको हुन्छ भन्ने कुरा अझै पनि यकिन भन्न गाह्रै छ। यदि कसैले सहवासपछि पढ्नका लागि तरखर गर्छ भने त्यो नै उत्तर हुनसक्छ। आफ्नो पार्टनरलाई एक्लै छोडेर आफू पढ्न अथवा बाँकी भएको काम सिध्याउनतिर लाग्नुहुन्छ भने यसले तपाईंको यौन जीवनमा नकारात्मक असर पुर्याउँदछ।

छुट्टाछुट्टै सुत्नु :– तपाईंको एक्लै सुत्ने बानी हुनसक्छ। तर, सहवास गरेको रातमा भने एक्लै नसुत्नुहोस्। यौन सम्बन्ध गरिसकेपछि तकिया र सिरक पोको पारेर मस्त निदाउनका लागि पार्टनरलाई एक्लै छोड्नु पक्कै पनि बुद्धिमानी होइन।

बच्चालाई सँगै सुताउनु :– कसैलाई पनि आफ्नो गोपनियतामा खलल पुर्याएको मन पर्दैन, चाहे त्यो ठूलो मानिसले होस् वा सानो बच्चाले नै। धेरै आमाहरुको आफ्नो बच्चाहरुलाई एउटै बेडमा सुताउने बानी हुन्छ, जसले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ, जसले तपाईंका लागि सहवासपछि पनि केही नयाँ कुराहरु गरौँ भन्ने सोचिरहेको हुनसक्छ।

कामका बारेमा कुरा गर्नु :– कतिपय यौन जोडीहरु सहवासपछि घरायसी समस्याका बारेमा कुरा गर्ने र योजना बनाउने गर्दछन्। साथै कामको तनावका बारेमा कुरा गर्न चाहन्छन्। यसले यौन साथीको मनोविज्ञानमा सकारात्मक अर्थ राख्दैन। त्यसैले तनावयुक्त कुराहरु यस्तो समयमा नगर्नु नै राम्रो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४