Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्पष्टीकरणको जवाफ चाँडै पठाउने नेपाल-खनाल समूहको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ चाँडै दिने निर्णय गरेको छ। आफूलाई कारबाही गर्ने सूचना पाएपछि मंगलबार अचानक नयाँ बानेश्वरको अर्याल होटलमा डाकिएको नेपाल–खनाल समूहले सोधिएको स्पष्टीकरणको जवाफ चाँडै दिने निर्णय गरेको हो।

ओलीले पठाएको स्पष्टीकरण पत्रमा नेपाल–खनाल समूहका नेताहरुले बेग्लै पार्टीको अभ्यास गरेको आरोप लगाइएको छ। मंगलबार नै अध्यक्ष ओलीले प्रतिनिधि सभाका २७ जना सांसदलाई सोध्नुभएको स्पष्टीकरण व्यक्तिगत रुपमै दिने निर्णय भएको छ ।

नेपाल–खनाल समूहले अध्यक्ष ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुलाई कानुनी प्रतिरक्षाको रुपमा व्याख्या पनि गरेको छ। एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार कानुनी प्रतिरक्षा र राजनीतिक लडाइँ पनि लडिरहने निष्कर्षमा पुग्यौं ।

साथै, जवाफमा आफूहरुले दल नबदलेको र अर्को दल नखोलेको प्रस्ट पार्ने बताइएको छ। ुएमालेलाई विधिमा चलाउन र लोकतन्त्रमा त्यस्तो आवाज उठ्नु सामान्य रहेको बैठकको निष्कर्ष रहेको छ ।

साथै, फागुन २८ गते ओली समूहले गरेको निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउनुपर्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४