Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 6K
    SHARES

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । टीयू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिडले अर्धशतकीय इनिङ्स खेले ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो । नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुबैले ७८ रनको साझेदारी गरे ।

यस जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ४ अंक जोडेको छ ।

नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ ।

२ खेलमा अंकविहीन मलेसिया पुछारमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४