Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थ्री नेसन्स सिरिज : भुर्तेलको अर्धशतकमा नेपालको दोस्रो सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 4.4K
    SHARES

काठमाडौं । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालले दोस्रो सहज जित निकालेको छ । साेमबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र तीन चौकासहित नटआउट ६१ रन बनाए ।

यस्तै, आशिफ शेख ४२ रनमा आउट हुँदा, दीपेन्द्रसिंह ऐरीले नटआउट ६ रन बनाए । भुर्तेल र शेखले १ सय २ रनको पार्टनरसीप खेले ।

बलिङतर्फ मलेसियाका भिरान्दीप सिंहले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारे पहिला ब्याटिङमा तानिएको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । उसका लागि सेद अजिजले २७, सार्भिन मुनिएन्डीले २० र साफिक सारिफले १५ रन बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, साहब आलम र कुशल मल्लले समान एक–एक विकेट लिए । जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्दै अंकतालिकको शीर्ष स्थानमा छ ।

यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दा आइतबार नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । डबल राउण्ड रोबिनको आधारमा भएको प्रतिस्पर्धामा अंकतालिकाका शीर्ष दुई टोलीले आगामी शनिबार फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४