केन्द्रमा पार्टी जुट वा फुटको अवस्थामा रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भने पछिल्लो समय एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस अघि पनि विभिन्न पार्टी परित्याग गरी मेचिनगर–३ स्थित समायोजन टोलमा एउटा गाउँ नै एमालेमा प्रवेश गरेको थियो ।
