Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोस्रो चरणको कोरोना खोपलाई १९ वटा केन्द्र तोकियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन यसअघि सार्वजनिक गरेकोे सूचनामा केही परिवर्तन गरेको छ ।

पहिला सार्वजनिक गरिएको मितिमा खोप लगाउने केन्द्रहरूमा चाप बढ्ने देखिएकोले यसलाई संशोधन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री खड्काले बताए ।

उहाँका अनुसार हाल तय गरिएको तालिकाअनुसार सबै केन्द्रहरूमा १४ हजारको दरले दोस्रो चरणको खोप लगाउने संख्या मिलाइएको छ ।

यसअघि तय गरिएका केन्द्र र तालिकामा कतै दिनमा २० हजारको चाप पर्ने र कतै दिनमा ६ हजारमात्रै पर्ने भएकाले केन्द्र र मिति पुनः संशोधन गरिएको बताइएको छ ।

वैशाख २ गतेको निर्णयअनुसार माघ १४,१५,१६,१७ र २६,२७,२८ र २९ गते खोप लगाएकाहरूले वैशाख ७ गते दोस्रो मात्राको खोप लगाउन पाउनेछन् ।

त्यस्तै माघ १८,१९,२०,२१, २२ र फागुन २ गते पहिलो मात्राको खोप लगाएकाले वैशाख ८ गते र माघ २३, फागुन ३,४,५ गतेकाले वैशाख ९ गते लगाउन सक्नेछन् ।

माघ २४ र फागुन ६,८ र ९ गते खोप लगाएकाहरूले बैशाख १० गते र माघ ३०, फागुन ७, १० गते लगाएकाहरूले बैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका सार्वजनिक गरिएको छ ।

खड्काका अनुसार बीर अस्पतालमा चाप कम गर्नका लागि क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटीलाई थपिएको छ । त्यस्तै त्रिविवि शिक्षण अस्पतालमा खोप लगाएकाले जनमैत्री अस्पताल, बालाजु र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिलमा जान सक्ने व्यवस्था गरिएको छ ।

नेपाल मेडिकल कलेज, अत्तरखेल र काठमाण्डौ मेडिकल कलेज, सिनामङगलमा खोप लगाएकाले स्तुपा अस्पताल बौद्धमा गएर लगाउन सक्नेछन् ।

कोरोना विरुद्धको पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघसंस्था तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि, सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई नै दोस्रो मात्रा खोप लगाउन लागिएको खड्काले जानकारी गराए ।

खोप लगाउन जाँदा खोप कार्ड र विगतमा जस्तै आफ्नो कार्यलयको परिचयपत्र लिएर खोप केन्द्रमा जान आग्रह गरिएको छ,नेपाल समाचार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४