Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यान्चेस्टर युनाईटेड विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 21.7K
    SHARES

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले बर्न्लेमाथि ३–१ को जित निकाल्यो ।

आफ्नै मैदानमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मेसन ग्रिनउडले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । पराजित टोली बर्न्लेका जेम्स टार्काेस्कीले एक गोल फर्काए ।

गएराति भएको अर्को खेलमा आर्सनललाई फुल्हमले १–१ गोलको बराबरीमा रोकेको छ । खेलमा फुल्हमका जोस माजाले पेनाल्टीमार्फत पहिलो गोल गरे । अन्तिम मिनेटमा एडवार्ड एन्केतियाले एक गोल फर्काउदै आर्सनललाई हारबाट जोगाएका हुन् ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्याान्चेस्टर सिटीसँगको दुरी ८ अंकमा सिमित गरेको छ । ३२ खेलबाट सिटीको ७४ अंक छ भने युनाईटेडको ६६ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४