काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ ।आज नेप्से ३५ दशमलव ८९ अङ्कले घटेर २६ सय ९९ दशमलव ५१ विन्दुमा झरेको हो। यस अघि गत बिहीबार नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
आज बैंकिङ समूहको शेयर ३३ अङ्कले ओरालो लागेको छ भने, विकास बैंक समूहको ४८ अङ्कले, व्यापारको एक सय २५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अङ्कले, जलविद्युतको ३२ अंकले घटेको छ ।
यस्तै फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको एक सय ११, निर्जीवन बीमाको एक सय ८३, उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अङ्कले घटेको छ ।
आज दुई सय सात कम्पनीका एक करोड ९५ लाख कित्ता शेयर आठ अर्ब ८० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको ८७ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज गुडविल फाइनान्सको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । तर आज महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।