Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.4K
    SHARES

चितवन,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ ।

चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै दाहालले कर्णालीबाट शुरु भएको ओलीको हार अब केन्द्रमा पनि आइपुग्ने दावी गर्नुभएको हो ।

कर्णाली प्रदेश सरकार गिराउने ओलीको प्रयास निरस्त्र पारिएको भन्दै दाहालले भन्नुभयो, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन् । ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन् । प्रतिगमन धेरै दिन टिक्दैन ।’

ओलीलाई प्रधानमन्त्री आफैले बनाएको जिकीर गर्दै दाहालले धोका दिने ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने दाबी गर्नुभयो ।

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रधानमन्त्री ओलीले बनाउन लगाएको राम–सीता मन्दिरको अवलोकन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्टले धर्म मान्दैनन् भन्ने प्रचार गलत भएको टिप्पणी गर्नुभयो ।

माडीमा राम जन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्दा सबैभन्दा बढी खुशी आफू हुने भन्दै उहाँले अयोध्याधामको विषय गम्भीर भएकाले संवेदनशील कुरामा सस्तो लोकप्रियतामा नलाग्न प्रधानमन्त्री ओलीलाई सचेत पनि गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४