Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मामाघर गएका बैतडीका बालकको हतौडा प्रहार गरी हत्या, मामा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 4K
    SHARES

बैतडी । हतौडा प्रहारबाट बैतडीमा एक बालकको हत्या भएको छ । शनिबार दशरथचन्द नगरपािलका १ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिनुभयो ।

मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले शनिबार बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन् । हतौडा प्रहार भए लगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो ।

के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।

खोचलेक प्रहरी चौकीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४