काठमाडौँ । देशका पहाडी र तराईका केही ठाउँमा आज र भोली हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ ।
प्रिमनसुन सक्रिय रहेकाले आज देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली रहने महाशाखाले जनाएको छ ।
आजदेखि पश्चिमी वायु भित्रिएको छ । स्थानीय र पश्चिमी वायु प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाले जनाएको छ ।