Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसद्वारा १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्धको घोषण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ४ २०७८
  • 2.4K
    SHARES

एजेन्सी । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको जवाफमा सो कदम चालेको रुसले जनाएको छ ।

रुसी विदेशमन्त्री सेर्गो लाभ्रोभले मस्कोमा रहेका अमेरिकी कुटनीतिक अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको बताएका हुन् । यस्तै अमेरिकी गैर सरकारी संस्थाहरुका गतिविधिलाई रुसको राजनीतिमा हस्तक्षेप गर्न रोक्ने बताइएको छ । दुई दिनअघि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै मस्कोले जवाफमा अमेरिकी कुटनीतिक अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

आफूले रुससँग पुनः द्वन्द्व गर्न नचाहेपनि बाध्यकारी कदम चाल्नुपरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए । उक्त कदमको जवाफ चाँडै दिने रुसले चेतावनी दिएको थियो । राष्ट्रपति बाइडेनले रुससँग स्थिर सम्बन्ध कायम गर्नका लागि बाध्यकारी कदम चालिएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुनुअघिदेखि नै रुस र अमेरिकाबीचको विवाद बाहिर आएको थियो । गत निर्वाचनमा पनि ट्रम्पको गलत अभिव्यक्तिप्रति साथ दिएको भन्दै रुसको कडा आलोचना भएको थियो । राष्ट्रपतीय निर्वाचनमा पनि रुसका ह्याकरहरुले अमेरिकाका महत्वपूर्ण तथ्यांकहरु चोरी गरेको आरोप लागेको थियो । तर ती आरोपको रुसले खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४