काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार साँझ पौने ६ बजेतिर टिपरसँग ठोक्किँदा पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर आपसमा ठोक्किएका थिए । दुर्घटनाका मृतक र घाइतेहरुको परिचय खुलेको छैन ।