Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्लोर क्रस राजनीतिक अपराध हो : यमलाल कँडेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 4.3K
    SHARES

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराध गरेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार कर्णाली प्रदेशसभामा नेकपा एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि कँडेलले ती सांसदप्रति आक्रोश पोखेका हुन् ।

नेता कँडेलले जिम्मेवार नेताबाटै यस्तो क्रियाकलाप हुने आफूले नसोचेको बताए । ‘पार्टीका जिम्मेवार नेताहरुले नै राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गर्नुभएको छ, यो गलत हर्कत हो, यो राजनीतिक अपराध हो’, कँडेलले भने, ‘अब हामी विधानअनुसार नै चल्नेछौँ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशसभामा शुक्रबार विश्वासको मत मागेका थिए । एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४