Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थ्री नेसन्स क्रिकेट सिरिजका लागि नेपाली टीमको घोषणा, १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले थ्री नेसन्स ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ ।

बुधबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टिम घोषणा गरेको हो ।

थ्री नेसन्स क्रिकेट सिरिजका लागि नेपाली टीमको घोषणा, १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने

घरेलु टोली नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।

यसैबीच, त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिज विश्वको १ सय ४१ देशबाट लाईभ हेर्न सकिने भएको छ । क्यानले सिरिजको सम्पूर्ण खेलहरू विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वको १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ गते, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग बैशाख ७ गते र अन्तिम लिग खेलमा मलेसियासँग बैशाख ९ गते खेल्नेछ । दोहोरो लिग प्रणालीमा हुने श्रृंखलाका शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा बैशाख ११ गते खेल्नेछन् ।

नेपालमा भने हिमालय टेलिभिजनबाट सिरिज र ओएसआर डिजिटलको युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४