Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीले देश अस्थिरता दलदलमा फस्यो– कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 5K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिष्टको सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण देश अस्थिरताको दलदलमा फसेको बताउनुभएको छ ।

बुधबार राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरूमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटो तर्फ लैजान नसक्ने बताउँदै थापाले त्रुटिपूर्ण मार्गचित्र परिवर्तनका लागि गम्भीरतापूर्वक चिन्तन हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको ठूलो समस्या भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावाद भएकाले यसको लागि लड्नसक्ने वैकल्पिक शक्ति मुलुकले खोजिरहेको बताउनुभयो ।

गणतन्त्रका सम्बााहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे व्यवस्थामा रुपान्तरण गरेको थापाको आरोप छ । माओवादी केन्द्रका अध्यक्ष दाहालतर्फ संकेत गर्दै थापाले विदेशीबाट पोसिएको भन्दै आरोप लगाउनेले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको देख्दा उदेक लागेको बताउनुभयो ।

राप्रपालाई देश र जनताले खोजेको वैकल्पिक शक्ति बनाउन महाधिवेशन केन्द्रित भइ संगठन निर्माणमा होमिनुपर्नेमा थापाको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४