Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 4.1K
    SHARES

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले नयाँ वर्ष प्रारम्भसँगै राजनीतिक दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन् ।

आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने उल्लेख गर्दै उनले अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक रहेकोमा जोड दिएका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले भनेका छन्, ‘मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहनासहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।’

दलहरुभित्र विधिलाई लोकतान्त्रिक र पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने आशा उनले गरेका छन् ।

उनले संसदलाई जनमुखी बनाउन सबै खाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘अग्रगामी निकासका लागि हाम्रा बीचमा दृढ संकल्प आवश्यक छ ।

प्रतिबद्धताहरु व्यवहारमा देखिएमात्रै विश्वासको आधारशिला तयार हुने छ,’ सभामुख सापकोटाको सन्देशमा लेखिएको छ, ‘संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सभामुख सापकोटाले अनुशासित भएर कोभिडलाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैमा अपीलसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४