Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक पुनः बन्यो सर्वाधिक लोकप्रिय एप, महिनामै ६ करोड डाउनलोड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १ २०७८
  • 4.6K
    SHARES

छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकपि्रय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ ।

एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार बितेको मार्च महिनामा एप्पलको एप स्टोर र गुगल प्ले स्टोरबाट गरी टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ ।

सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा फेसबुक रहेको छ । मार्च महिनामा फेसबुक एप विश्वमा ५ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

फेसबुक मातहतकै अन्य एपहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

मार्च महिनामा सर्वाधिक डाउनलोड हुने टपटेनमा रहेका अन्य एपहरुमा स्न्यापच्याट, जोश, जूम, टेलिग्राम र क्यापकट रहेका छन् ।

तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ । मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ । भारतमा भने टिकटक प्रतिबन्धित रहेको छ ।

उता मार्च महिनामा सबैभन्दा धेरै फेसबुक एप इन्स्टल हुनेमा भारत पहिलो नम्बरमा छ । मार्च महिनामा भएको फेसबुक एपको विश्वव्यापी डाउनलोडमध्ये २५ प्रतिशत हिस्सा भारतको छ । दोश्रो स्थानमा रहेको अमेरिकाको ८ प्रतिशत रहेको छ ।

एप स्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा टिकटक रहेको भए पनि गुगल प्ले स्टोरबाट मात्रै सबैभन्दा धेरै डाउनलोड हुने एपको पहिलो नम्बरमा चाहिँ फेसबुक रहेको छ । गुगल प्ले स्टोरबाट मात्र सर्वाधिक डाउनलोड हुने टपटेन एपको सूचि यस्तो छ :

· फेसबुक
· इन्स्टाग्राम
· टिकटकट
· जोश
· ह्वाट्सएप
· स्न्यापच्याट
· मेसेन्जर
· टेलिग्राम
· जूम
· मोज

त्यस्तै एप्पलको एप स्टोरबाट सर्वाधिक डाउनलोड हुने टपटेन एपको सूचि यस्तो छ :

· टिकटक
· युट्युब
· इन्स्टाग्राम
· ह्वाट्सएप
· फेसबुक
· जूम
· मेसेन्जर
· ताओबाओ
· गुगल म्याप्स
· जिमेल

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४