Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोयटर्सको १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 6.8K
    SHARES

एजेन्सी । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक बनाउने भएको छ ।

रोयटर्सले रोमकी स्थायी बासिन्दा ४७ वर्षीया अलेसान्ड्रा गालोनीलाई पहिलो महिला प्रधान सम्पादक बनाउने भएको हो । गालोनीले स्टिफिन जे एड्लरको ठाउं लिने छिन् ।

एड्लरको नेतृत्वमा सात वटा पुलित्जर पुरस्कारसहित सयौं अवार्ड प्राप्त गर्न सफल भएको रोयटर्सले जनाएको छ । गालोनीले अप्रिल १९ देखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् । ४ भाषामा पोख्त उनी यसअघि वाल स्ट्रिट जर्नलमा काम गर्थिन् ।

उनी सन् २०१३ मा रोयटर्सका दक्षिण युरोप ब्युरो प्रमुखका रुपमा आबद्ध भएकी थिइन् । प्रधान सम्पादकका रुपमा उनले लन्डनमा बसेर काम गर्ने पनि रोयटर्सले जनाएको छ । उनले विश्वभरका झन्डै २५ सय पत्रकारको नेतृत्व गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४