Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गर्भवती महिलालाई किन लाग्छ ‘वाकवाकी” ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 5.3K
    SHARES

काठमाडाैँ। सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ । यो हरेकजसो महिलाहरुमा देखिने समस्या हो । यस्तो किन हुन्छ त ? चिकित्सकहरूका अनुसार, गर्भावस्थामा महिलामा आउने एचसिजी हर्मोनका कारण वाकवाकी र रिंगटा लाग्ने गर्दछ ।

यो हर्मनलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । अध्ययन अनुसार, गर्भावस्थामा आउने यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँदछ । यसबाहेक स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्दछ ।

गर्भवती अवस्थामा वान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार, वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट शुरु हुन्छ । र, यो क्रम १३ देखि १४ हप्तासम्म नै रहन्छ । कसैकसैलाई भने यो भन्दा बढी समय सम्म पनि यसले दुःख दिन सक्छ ।

यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर पेटमा भएको बच्चालाई भने कुनै असर हुँदैन । धेरै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । विहान उठ्नुअगाडि भिजाएर राखेको गेडागुडी खानुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४