Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ नक्साबारे सरकार गम्भीर छ– सुवास नेम्वाङ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 3.8K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले लिम्पियाधुरा समेटिएको नयाँ नक्साबारे सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा नसमेटिएको बारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

‘नयाँ नक्सा पारित गराउनका लागि ठूलो चुनौतीकाबीच सिङ्गो देशलाई सर्वसम्मत गराएको सरकार यस्ता विषयहरूप्रति गम्भीर छ,’ उहाँले भन्नुभयो, ‘सदनमा उठेको नक्साको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन । त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ ।

त्यस विषयमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर गत वर्षको विभूषण भएको स्पस्ट पार्दै अगामी बैशाख १ गते वितरण हुने विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा प्रयोग भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४