Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीलाई वाइवाइले प्रायोजन गर्ने, क्यानले कति रकम पाउँछ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 3.6K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच १९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताअनुसार चौधरी ग्रुपले क्यानलाई वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ । यो रकम हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइ–वाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइ–वाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म आइपुगेको र नयाँ सम्झौतबाट नेपाली क्रिकेटले पुन उचाइ लिनेमा विश्वास व्यक्त गर्नुभयो ।

क्यान क्रिकेट निर्देशक विनोद दाशले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च हुने जानकारी दिनुभयो । यू–१९ महिला क्रिकेट टीमको सम्झौताबारे पनि छिट्टै टुङ्गो लाग्ने निर्देशक दासले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४