Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मृर्गौला खराब भएपछि वीर अस्पतालको पेटीमा बास, उपचार गर्न खर्च अभाव


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०७७
  • 3.8K
    SHARES

मुगु । मृगौला खराब भएर उपचार गर्न काठमाडौँको वीर अस्पताल पुगेका मुगुका एक दम्पती आर्थिक अभावले वीर अस्पतालको पेटीमै रात बिताउने गरेका छन् ।

छाँयानाथ–रारा नगरपालिका वडा नं ४ की ४४ वर्षीया मैनमती भण्डारी लामो समयदेखि बिरामी थिईन् । उनलाई उनका पति बाँचबहादुर भण्डारीले बेलाबेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा पत्नीलाई उपचार गर्न लिएर जान्थे । प्रतिष्ठानले मृगौलामा समस्या भएको भनी काठमाडौँ रिफर गरेको थियो । दुईपटक उपचारका लागि काठमाडौँ पुगेका भण्डारी दम्पती आर्थिक अभावले उपचार हुन सकेको छैन । वीर अस्पताल काठमाडौँको पेटिमा छपपटाइरहेका छन् ।

पत्नीको उपचार गर्न भण्डारीेले गाँउकै महिला समूहबाट १ लाख ऋण निकालेर मंसिरमा वीर अस्पतालमा चेक गराएका थिए । त्यहाँ डाक्टरले मैनमतीको मृगौलाको अपेसन गर्नुपर्ने भनेपछि ऋण निकालेको एकलाख रुपैयाँ मंसिरमै सकिएको थियो । पुनः दोस्रोपटक चेकजाँच गर्न आउन भनेपछि फाल्गुन महिनामा वीर अस्पताल पुगेका मैनमतीको एक मृगौलाले काम गर्न छाडेको र अर्को मृगैलाले आधा मात्र काम गरिरहेको भनेर त्यसको पनी अप्रशेन गर्नुपर्ने डाक्टरले बताए

उपचारकै क्रममा काठमाडौँमा रहेका भण्डारी दम्पती  खर्च अभावका कारण होटलमा बस्ने खर्च नभई वीर अस्पतालको पेटीमै रात कटाउन बाध्य छन् । न्यूज२४ सँग दुखेसो पोख्दै बाँचबहादुरले औषधी–उपचार गर्नु त कता हो कता, बिहान र बेलुका पेट भर्नै पनि गाह्रो भइरहेको बताए ।

उनीहरुका घरमा तीनजना साना छोराछोरीसहित बुढी आमा छन् । कमाई गर्ने एक मात्र बाबु भएकाले घरबाट पैसो जम्मा पारेर पठाउने पनि कोही छैन । बेच्ने जग्गा जमिन समेत छैन । अर्काको ज्याला–मजुदरी गरेर घर परिवालाई एक सरो लुगाफाटो र बिहान–बेलुकाको छाक टार्न समेत आफुलाई अहिले अप्ठेरो परेको उनले सुनाए ।

पुनः अप्रशेन गर्नका लागी अस्पतालले पैसो जम्मा गर्न भनेको छ । अस्पातलले अप्रेशन गर्न लाग्ने खर्च आधा मात्र लिने भने पनि त्यही आधा खर्च समेत जुटाउने कुनै बाटो उनले भेटेका छैनन् । उता गाँउको महिला समुहबाट लिएको एक लाख ऋणको किस्ता महिना–महिनामा तिर्नुपर्ने शर्तमा कागज गरेका छन् । उक्त किस्ता कसरी तिर्ने भनेर अर्को चिन्ता थपिएको छ ।

अस्पतालले सोमबार (आज) अप्रेशन गर्ने भने तर खर्च जुटाउन नसकेको भण्डारीको गुनासो छ । औषधी किन्ने समेत पैसो नहँुदा सोमबार पत्नीको अप्रेशन नहुने हो कि भनेर उनले रुन्चे स्वरमा सहयोग गर्नका लागि मनकारीहरुसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४