काठमाडौं / नेपालमा गैँडाको संख्या बृद्धि भएको छ । शनिबार ‘राष्ट्रिय गैँडा गणना २०७७’ को पत्रकार सम्मेलन गर्दै गैँडाको पछिल्लो संख्या सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो ६ बर्षयता गैँडाको संख्या १०७ वटा बढेको हो ।
तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै ८७ वटा गैँडा बृद्धि भएका छन् । २०७१ को गणना अनुसार उक्त निकुञ्जमा ६४५ वटा गैँडा रहेका थिए । अहिले उक्त निकुञ्जमा गैँडाको संख्या बढेर ६९४ वटा पुगेकाे छ । जसमा बच्चा १२५ वटा रहेका छन् भने अर्ध वयश्क ९५, वयश्क ४७४, नछुटिएको ३९२, पोथी १९४, भाले १२८ वटा रहेका छन् ।

त्यस्तै बर्दिया राष्टिट्रय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासको वन क्षेत्रमा जम्मा ३८ वटा गैँडा रहेका छन् । जसमा ६ बच्चा, अर्ध वयश्क, ३१ वयश्क, ५ नछुटिएको, १९ पोथी र १४ भाले रहेका छन् । उक्त क्षेत्रमा पनि अघिल्लो गणनाका बेला भन्दा बढी संख्या हो ।
शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा पनि गैँडाको संख्या बढेको छ । उक्त निकुञ्जमा जम्मा गैँडा १७ वटा रहेका छन् । जसमा ४ वटा बच्चा, १३ वयश्क, १० नछुटिएको ४ पोथी र ३ भाले रहेका छन् । त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा पनि वटा गैँडा रहेको पाइएको छ । जसमा १ बच्चा, २ वयश्क, १ नछुटिएको, १ भाले र १ पोथी रहेको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताउनुभयो । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्याङ्क सङ्कलन तथा प्रविष्ट गर्ने काम भएको उहाँको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिनुभयो । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको तथा एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार हुँदै गरेको उहाँले बताउनुभयो ।
हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिनुभयो । पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो ।
चितवन । विश्वमै दुलर्भ मानिने एकसिङे गैंडा पछिल्लो ६ वर्षको अवधिमा नेपालमा १०७ ले बढेको पाइएको छ । चार राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रहरूमा १८ दिन लगाएर गरिएको गणनामा गैंडाको संख्या ७५२ पाइएको हो ।
१९५० को दशकमा नेपालमा ८०० गैंडा थिए । तर १९६० को दशकमा घटेर करीव एक सय हाराहारीमा आइपुगेको थियो । संरक्षणका लागि गरेको पहलसँग गैंडाको संख्या क्रमशः बढ्यो र २०१५ मा गरिएको गणनामा गैंडाको संख्या ६४५ पाइएको थियो ।
शनिबार सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित पत्रकार सम्मेलनमा वन तथा बातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले गैंडाको संख्या अझ बढेको जानकारी दिए ।
एक सिङ्गे गैंडाको संख्या सबभन्दा बढी चितवनमा ६९४ पुगेको छ । यसअघि ६०५ रहेको थियो । निकुञ्जका अनुसार सन् २०१५ को गणनायता १६१ वटा गैंडा मरिसकेका छन् ।
२०१५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैंडा थियो । अहिले बढेर ३८ पुगेको छ । यस्तै शुक्लाफाँटमा ८ बाट बढेर १८ पुगेको छ । सन् २०१५ मा पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेकोमा यसपटकको गणनामा पनि सोही संख्या रहेको पाइएको छ ।
निकुञ्जले बयश्क, अर्ध बयश्क र बच्चा गरि तीन भागमा बर्गिकरण गरेको तथ्यांक निकालेको छ । छुट्टएिको भालेको संख्या १४६ र पोथीको संख्या १९८ छ भने लिंग पहिचान नभएको संख्या ४०८ छ । बयश्क गैंडा ५२०, अर्ध वयश्क ९६ र बच्चा १३६ छन् ।
निकुञ्ज क्षेत्रमा ब्लक-ब्लक गरेर गणना गरिएको थियो । कुन ब्लकमा कति गैंडा छन् भन्ने तथ्यांक पनि सार्वजनिक गरिने बन्यजन्तु विभागका महानिर्देशक डा. दीपककुमार खरालले जानकारी दिए ।
उनकाअनुसार गैंडाको जन्म, मृत्यु र वसाइसराईको अवस्था हेरेर तथ्यांकको विष्लेषण गरिनेछ । गैंडा गणना कार्यलाई वैज्ञानिक एवम् व्यवस्थित बनाउन कुनै गैंडा नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ गैंडाको वासस्थान रहेको सबै स्थानमा ५० देखि एक सय मिटर दूरीमा जीपीएस, दुरविनसहित प्राविधिकहरु बसेर गैंडा स्वीप गर्दै गणना गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्जमा गरिएको गणनामा ४३ वटा हात्तीसहित करिब २५० जनशक्ति परिचालन गरिएको थियो ।
गैंडा गणनाका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट हात्तीसार कर्मचारी पुलिसराम थारुको मृत्यु भएको थियो । हात्तीबाट लडेर ८ जना घाइते भएका छन् । नवलपरासी, अमलटारीको निकुञ्ज क्षेत्रमा धु्रबे हात्तीसँग भएको जम्काभेटमा गैंढा गणनामा प्रयोग भएको हात्ती डराएर भाग्दा लडेर ८ जना कर्मचारी घाइते भएका थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राविधिक सहयोगमा भएको गैंडा गणनामा १ करोड ४० लाख खर्च भएको छ । यसअघिका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा मात्रै गरिने गणनाका लागि यो पटक सरकारले एक करोड १० लाख उपलब्ध गराएको थियो ।