Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुल्चोकबाट थापाथलीसम्म ‘फ्लाइ ओभर’को अध्ययन सिद्ध्याउन ढिलाइ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 4K
    SHARES

काठमाडौं । पुल्चोकबाट थापाथलीसम्म ‘फ्लाइ ओभर’ बनाउने गरी ललितपुर महानगरपालिकाले थालेको प्रक्रियामा ढिलाइ भएको छ । प्रक्रिया थालनी भएको करीब चार वर्ष पुग्न लाग्दा अझै पनि सम्भाव्यता अध्ययन नै सकिएको छैन ।

२०७४ वैशाखको स्थानीय निर्वाचनपछि बसेको ललितपुर महानगरको पहिलो कार्यपालिका बैठकले पुल्चोकबाट कुपण्डोल (सम्भवतः वाग्मती वारि) सम्म फ्लाइओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन नै नसकिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन सकिए पनि पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताउँछन् । ‘कोरोनाको महामारीका कारण सम्भाव्यता अध्ययन रिपोर्ट अझै तयार हुनसकेको छैन’, महर्जनले भने ।

मेयर चिरीबाबु महर्जनले आफ्नो घोषणापत्रमा उल्लेख भएको आयोजना आफ्नो कार्यकालभित्र कार्यान्वयन थाल्ने गरी फ्लाइ ओभरको निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको बताएका थिए ।

तर, अझैसम्म पनि सम्भाव्यता अध्ययन नसकिएकाले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कहिलेबाट बनाउने भन्ने तय छैन । ‘हामीले अपेक्षा गरेको र योजना बनाएको भन्दा ढिला भयो’ प्रवक्ता महर्जन भन्छन्, ‘तर, सम्भाव्यता अध्ययन रिपोर्ट आएपछि डीपीआर तयारी थाल्छौं ।’

पुल्चोकबाट कुपण्डोलसम्म झण्डै १.४ किलोमिटरमा फ्लाइओभर बनाउने योजना छ । ललितपुरको योजनाअनुसार यो फ्लाइ ओभर बनेमा नेपालमा स्थानीय तहले बनाएको सबैभन्दा ठूलो परियोजना हुनेछ । यसलाई बनाउन झण्डै ५ अर्ब लाग्ने अनुमान छ । यो लगानी कसरी जुटाउने भन्ने अहिले टुंगो लागिसकेको छैन ।

ठूला मालबाहक सवारी पनि गुड्न सक्ने गरी फ्लाइ ओभर बनाउने महानगरको योजना छ । फ्लाइ ओभरको अन्तिम बिन्दु थापाथली हुनसक्ने महानगरको आकलन छ । यो सम्भाव्यता अध्ययनपछि नै टुंगो लाग्नेछ । जाइकाले त्रिपुरेश्वर–थापाथली–माइतीघर रुटमा फ्लाइओभर बनाउने भनेकाले यसमा जोड्न सकिन्छ कि भन्ने ललितपुर महानगरको बुझाइ छ ।

महानगरले पुल्चोकभन्दा अघि जाउलाखेलतर्फ भने रातो मच्छिन्द्रनाथको जात्रा हुने भएकाले फ्लाइ ओभर नबनाउने बताएको छ । सो क्षेत्रबाट जात्रा शहर परिक्रमा गराइने रथ अग्लो हुने भएकाले अन्य क्षेत्रमा फ्लाइ ओभर बनाउन महानगरपालिकाको निष्कर्ष छ ।

ललितपुर कला र संस्कृतिको शहर भएकाले पुल्चोकभन्दा अघि फ्लाइ ओभर बनाउँदा जात्रा रोकिने अवस्था रहेकाले यसो गरिएको प्रवक्ता महर्जनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४