Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघको अन्तिम मत परिणाम भोलिसम्म आउने, अझै १९ सय मत गन्न बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघको अस्ति सम्पन्न निर्वाचनको मत परिणाम भोलिसम्म आइसक्ने भएको छ । थोरै मतदाता भएका शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसियटमा मतदान भएको थियो । अधिकांश जिल्ला शाखाको मतपरिणम आइसके पनि केन्द्र र प्रतिष्ठान र यसोसियटको मतगणना जारी छ । १३ हजारको हाराहारीमा मत खसेको मध्ये केन्द्रको १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको थियो । पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।

त्यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लड्नु भएको थियो । जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोखरेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको छ भने विजयी हुनेमा पनि अधिकांश स्थानमा यही समूहमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४