Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाइसेन्सको नतिजा फेरबदल गरेको आरोपमा १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 5.1K
    SHARES

 काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्‍यवस्था कार्यालय नेपालगञ्‍जका १९ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भष्ट्राचारको मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा सवारी चालक अनुमतिपत्र बिक्री गरेको भन्‍दै उनीहरुविरुद्ध अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।

कर्मचारीहरुको मिलेमतोमा लाइसेन्स नतिजा फेरबदल गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष, शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेललगायत १९ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी आफूखुसी मौखिक आदेशमा उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरेको आरोप लगाएको छ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदी, तत्कालीन शाखा अधिकृतद्वय सीताराम खनाल र डेकराज पोखरेल र अन्य कर्मचारीहरूका विरुद्धमा मुद्दा दायर गरेको छ ।

यसैगरी, कर्मचारी शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललितबहादुर वली, नायब सुब्बा केशवराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायव सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायव सुब्बा अरुण कुमार गौतम, नायव सुब्बा धर्मदत्त चौलागाई, नायव सुब्बा डिलाराम खरेल, नायव सुब्बा ओमबहादुर बस्नेत, नायव सुब्बा गणेशमान आचार्य, नायव सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणि नेपाली, खरिदार केशरकुमार चपाई, हलुका सवारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जवान ओम प्रसाद देवकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

अख्तियारले उनीहरुमाथि भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुने मागदाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४