Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनमा कांग्रेसको देखिएन सार्थक पहल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 3.3K
    SHARES

काठमाडौं, । ओली सरकार ढालेर र आफ्नो नेतृतवमा सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले लामो समय बित्दा पनि सरकार गठनका लागि सार्थक पहल गरेको देखिदैन् ।

माओवादी केन्द्र र जसपासँग सरकार गठनको मोर्चा कस्नुपर्ने कांग्रेस यी दुई दलसँग औपचारिक छलफलमा नबस्दा सरकार गठनमा उदासिन बनेको आरोप लाग्न थालेको छ ।चैत २० गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको पहिलो निर्णय केपी ओली नेतृतवको सरकारलाई सत्ताच्यूत गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने थियो ।

तर, निर्णय गरेको ६ दिन वितिसक्दा पनि कांग्रेसले सरकार हटाउन औपचारिक कदम चालेको देखिदैन् ।प्रधानमन्त्री ओलीप्रति नरम बनेको भन्दै सभापति शेरबहादुर देउवाको आलोगर्ने कांग्रेसका केही नेता सभापति देउवा सरकार हटाउने विषयमा गम्भिर नभएको आरोप लगाउँछन् ।

तर,विधानसम्वत् संसदमा प्रमुख प्रतिपक्षि दल बन्ने अंकगणितीय हैसियत कमाउन नसकेको कांग्रेसलाई ओली सरकार हटाउन सहजता भने छैन ।सहमहामन्त्री महतले भनेजस्तै कांग्रेसको नेतृत्वमा सरकार बन्नका लागि माओवादी केन्द्र र जसपा निर्णायक शक्ति हुन् ।यी दुई पार्टीको रणनीतिमा सरकारविरुद्धका कदम चाल्ने योजना बुनेको कांग्रेस जसपाको ढुलमुलका कारण अन्योलमा देखिन्छ ।

तर, ओली हटाउ अभियानमा सक्रियताका साथ लाग्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेर भए पनि सरकारविरुद्धको मोर्चा बनाउनुपर्ने तर्क गर्नुहुन्छ ।६१ सांसद बोकेर ओलिविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्नु कांग्रेस आफैलाई ‘व्याक फाइरिङ्ग’ हुन सक्छ ।समिकरण बुझेरै हुनुपर्छ पौडेल जसपा अध्यक्ष महन्थ ठाकुरलाई ओलिइतर खेमामा तान्न संवादमा जुट्नुभएको छ ।

दुई धारमा प्रष्ट चिरा परेको जसपाभित्र एक समूह दुर्घटना मोलेर भएपनि ओलीमाथीको संकटमोचन टार्ने अभियानमा छ ।माओवादी केन्द्र तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने भन्छ । कांग्रेसले कीन तीन दलिय निर्णायक छलफल गर्न नसकेको ?निर्णायक शक्ति जसपा दुई धारमा बाडिदा नयाँ सरकार कल्पना बाहिरको विषय हो ।यो समिकरण देउवाले राम्ररी बुझ्नुभएको छ ।

नभए मुखमा आएको पद छाड्ने हार्दीकता देउवामा छैन् ।चैत २० को पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय फगत पौडेल समूहको जिद्दीपनलाई मथ्थर बनाउने संस्थापन समूहको रणनीति बाहेक अरु केही नभएको बुझन कठिन छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४