Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यौनकाण्डले कृषी विकास बैंक केन्द्रीय कार्यालय बद्नाम, उजुरीको चाङपछि गुप्तचरको छानबीन !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 4.1K
    SHARES

काठमाडौं, चैत्र / कृषी विकास बैंकका उच्च अधिकारीले कार्यालय भित्रै यौन काण्ड मच्चाएको खुलाशा भएको छ । केही उच्च अधिकारीले कार्यालय भित्रै कर्मचारीमाथि श्रृङ्खलाबद्ध यौन दुर्व्यबहारको घटना घटाएपछि राष्ट्रिय अनुसन्धान विभागले गोप्य रुपमा अनुसन्धान थालेको पाइएको छ ।

बैंकका नेतृत्व तहका व्यक्तिहरुले यौन दुर्व्यहार गरेको भन्दै विभिन्न निकायमा जाहेरीसहित महिलाहरु पुग्न थालेपछि राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान गरेर घटनाको वास्तविकता पत्ता लगाउने कोशिष गरेको हो ।

बैंकका उच्च तहका कर्मचारीले कार्यालयमै कार्यरत महिलाहरुमाथि यौन दुर्व्यबहार गरेको भन्दै विभिन्न निकायमा उजुरी पुगेको छ । बैंकका उच्च तहका कर्मचारीहरुले जागिरका खोजीमा आउने महिलालाई यौन प्रस्ताव राख्ने र प्रस्ताव स्विकार गरे मात्रै जागिर दिने गरेको एक महिलाले बताइन् । ती महिलाका अनुसार पटक पटक उच्च तहका व्यक्तिले यौन शोषण गरेपछि मात्रै उच्च तहका हाकिमहरुले जागिरको अवसर दिने गरेका छन् ।

बैंककै उच्च तहमा रहेका व्यक्तिमाथि भने लामो समयदेखि काम गर्दै आएका महिला कर्मचारीमाथि यौन दुर्व्यबहारको मुद्दा लागेको छ । यद्धपी उक्त मुद्दालाई लेनदेनमै मिलाइएको चर्चा समेत कृषी विकास बैंक परिसरमा चर्चा हुने गरेको छ ।

ती महिलाले जाहेरीसमेत ठीक पारेर प्रहरी कार्यालयमा पुगेपछि बैंकका उच्च तहका व्यक्तिले लेनदेनका आधारमा उक्त मुद्दा मिलाएका हुन् । यद्धपी उनीमाथि छानबीन भने टुंगिएको छैन । कृषी विकास बैंकमा यतिबेला विभिन्न भेषमा अनुसन्धानका कर्मचारी खटिन थालेका छन् । यौन दुर्व्यबहारका घटना अत्याधिक आउन थालेपछि अनुसन्धानका कर्मचारीले अनुन्धान थालेका हुन् ।
कृषी विकास बैंकमा पटक पटक यौन दुर्व्याहारका घटना हुने गरेको छ ।

यसअघि पुतलीसडक शाखा प्रमुख गेहनाथ पौडेल, तत्कालिन उपप्रमुख थानेश्वर पन्थी, शाखा अधिकृत रमेश कुमार भट्टराई र डाइभर भाइचा महर्जनले एक ऋणीमाथि संगठित रुपमै यौन शोषण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४