Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुवावेको स्मार्टफोन व्यवसायमा अमेरिकी प्रतिबन्धको असर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 6.3K
    SHARES

८ महिनाअघि हुवावेले विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्ने आफ्नो लामो समयदेखिको लक्ष्य प्राप्त गर्‍यो । तर विडम्बना अहिले हुवावेको अवस्था एकाएक खस्किएको छ र शीर्ष ३ भित्र पनि परेको छैन ।

अमेरिकी प्रतिबन्धले कम्पनीको वृद्धिदरमा नकारात्मक असर परेको तथा स्मार्टफोनका लागि चाहिने महत्वपूर्ण पाटपुर्जा पाउनसमेत कठिन हुँदा आफ्नो स्मार्टफोन व्यवसायमा गम्भीर असर परेको हुवावेले स्वीकार गरेको छ ।

एक पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका अध्यक्ष केन हुले भनेका छन्, ‘अमेरिकाको अनुचित प्रतिबन्धका कारण हाम्रो मोबाइल फोन व्यवसायको आम्दानीमा गिरावट आएको छ ।’

यद्यपि हुवावेले आफ्नो मोबाइल फोन व्यवसायबाट गुमाएको आम्दानी कति हो ? भन्नेचाहिँ खुलाएको छैन । गार्टनर र काउन्टरप्वाइन्टको पछिल्लो रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा मात्र होइन चिनियाँ बजारमा समेत हुवावे नम्बर वा स्मार्टफोनको रुपमा रहेको छैन ।

यद्यपि हुवावेका ल्यापटप, ट्याबलेट तथा वेयरेबल डिभाइसहरुको बिक्रस् भने सन् २०१९ मा भन्दा २०२० मा ६५ प्रतिशतले बढेको रिपोर्ट कम्पनीले सार्वजनिक गरेको छ । रिपोर्टअनुसार सन् २०२० मा हुवावेको कूल आम्दानी १ खर्ब ३६ अर्ब डलर पुगेको छ ।

स्मार्टफोन व्यवसायमा भएको क्षतिका बाबजुत गत वर्ष कम्पनीले ९ अर्ब ९० करोड डलर खूद मुनाफा गरेको छ । यद्यपि मुनाफा तथा आम्दानीको वृद्धिदरचाहिँ गत वर्षहरुको भन्दा कमजोर हो ।

कम्पनीका अध्यक्ष हुले सन् २०२० मा हुवावेको वृद्धिदरमा मन्दी आएको स्वीकार गर्दै गएको वर्ष कम्पनीका लागि कठिन वर्ष रहेको बताए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४