Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

११ निर्माण कम्पनी कालो सूचीमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । सरकारले ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले लेखी पठाएको र सोही अनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो ।

कार्यालयले सूचना जारी गरी कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जानकारी गराएको छ ।

कालो सूचीमा परेका कम्पनीहरुमा हेटौंडाको हेटौंडा कन्स्ट्रक्सन, रौतहटको सरस्वती कन्स्ट्रक्सन, वीरगञ्जको अभय कन्स्ट्रक्सन, बाराको जन जागृती कन्स्ट्रक्सन, बाराकै विशाल कन्स्ट्रक्सन, मकवानपुरको विनायक कन्स्ट्रक्सन, मकवानपुरकै शर्मिला निर्माण सेवा, काठमाडौंको नयाँ युग निर्माण सेवा, पर्साको शिव निर्माण सेवा, मकवानपुरको आर. एर निर्माण सेवा र मकवानपुरकै बि.ब्रदर्श निर्माण सेवा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४