Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर मेयर कप महिला क्रिकेटमा एपीएफ र सदूरपश्चिमको विजयी सुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 6.2K
    SHARES

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र एपीएफले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा एपीएफले प्रदेश एकलाई ८ विकेटले हराउँदा सुदुरपश्चिमले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गर्यो ।

टीयु क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन् । डोली भट्टले अविजित २२ रन बनाइन् । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १–१ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् । अविजित रहेकी कन्चनले ६३ रन बनाइन । सुदूरपश्चिमकी कविता जोशी, ऋतु कनोजिया र सम्झना खड्काले १–१ विकेट लिए ।

यसअघि आजै भएको पहिलो खेलमा एपीएफले विजय सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले प्रदेश एकलाई ८ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६ रन बनायो ।

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पाँच टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४