Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 2.4K
    SHARES

चितवन । गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रका गैंडा खासा भन्ने स्थानमा गणकहरु चढेका हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ । श्रेष्ठको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बरालले जानकारी दिनुभयो । उहाँको घाटी कम्मर, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।

गैंडाको गणनाका लागि हिजो निकुञ्जको टोली पश्चिम क्षेत्रको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो । गणनामा ३० वटा हात्ती प्रयोग गरिएको थियो । ती मध्ये गणनामा प्रयोग भएका तीन हात्ती सम्पर्क बिहीन भएको समेत बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४